९ भदौ,रुपन्देही – रुपन्देहीमा जबरजस्ती करणी आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा भएका छन् ।
हिजो मंगलबार, रुपन्देही जिल्ला अदालतले सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई रु.५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएसंगै उनी धरौटीमा रिहा भएका हुन् । दुवै पक्षको बहसपछि अदालतले धरौटी रकम मागेको बमोजिमको रकम बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार शोभाकर खरेलले बताए ।
थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्ललाई धरौटीमा छाड्न आदेश गरेको थियो । शुक्लाको तर्फबाट कानुन व्यवसायी धर्मराज खड्का, साविर खान, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए ।
सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सरकारी वकिल कार्यालयले अदालतमा शुक्लाविरुद्ध जबरजस्ती करणी उद्योगमा अभियोग दायर गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar