८ भदौ,काठमाण्डौ – बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरुले तीन पटकसम्म पुरस्कार पाउने भएका छन् ।
बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुशीको ३ डोज’ दशैं योजना अन्तर्गत उक्त पुरस्कार दिने भएको हो । ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु सार्वजनिक गर्दै आएको बजाजले कोभिड – १९ महामारीको समयमा ग्राहकहरू थप खुसी बाढ्न योजना ल्याएको जनाएको छ ।
ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समय र किनेपछि गरी ३ पटक पुरस्कार पाउनेछन् । ग्राहकहरुले बजाज मोटरसाइकल किन्नुभन्दा पहिले १० हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्नेछन् भने खरिदको समय १ लाखसम्मको नगद पाउनेछन् । यसैगरी, ग्राहकले मोटरसाइकल खरिद गरिसकेपछि पनि बम्पर अफरमा १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरूका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए ।
उनले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरूलाई दोहोरो खुशी दिने प्रयास स्वरुप यो योजना ल्याएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar