०५ भदौ,बारा – नेपाल परिवार दल बाराले जिल्लाका अत्ति विपन्न परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ ।
दलले आज जिल्लाको देवताल गाउपालिका वार्ड ०४ मा एक कार्यक्रम आयोजना गरी राहत स्वरुप खाद्यान्न बितरण गरेको हो । दलले गाँउपालिकाको २५ जनालाई राहत बितरण गरेको छ । राहतमा एक जना बराबर १५ केजीका दरले कतर्नी चामल, आटा २.५ केजी , मसुर दाल १ केजी ,भटवास,मास दाल १ केजी ,खाने तेल १ पोका , चिनी १ केजी ,मासाला १.२ केजी ,नुहाउने साबुन १ पिस नुन १ केजी बितरण गरिएको छ ।
उक्त सामाग्री कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका परिवार दल बाराका अध्यक्ष रामचन्द्र चौधरीले बितरण गरेका हुन् । कार्यक्रममा कोभिड – १९ कोरोना बाट बाच्न सपुर्ण जनताहरु लाइ माक्स लगाएर राहत वितरण गरिएको थियो । राहत बितरणमा प्रमुख अतिथी रहेका अध्यक्ष चौधरीले जनता को हरेक सुख दुखमा आफुले सदैव साथदिने प्रतिबद्धता ब्यक्त गरेका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar