३ भदौ,काठमाण्डौ – सरकारले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । शर्मा नेकपा एमाले (समाजवादी) का अध्यक्ष नेपालको स्वकीय सचिव रहेर काम गरेका थिए ।
बुधबार नेपालले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । उक्त पार्टी दर्ता भने भइसकेको छैन। अध्यादेश आएपछि एमाले विभाजनको प्रक्रिया सुरू भएसँगै नेपाल समूहका व्यक्तिलाई सरकारले राजनीतिक नियुक्तिमा स्थान दिएको हो ।
यसअघि गण्डकी, लुम्बिनी र प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भागबन्डा गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar