३ भदौ,पर्वत – पर्वतको जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ललाई ठगी मुद्दामा पक्राउ गरी जेल चलान गर्न जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको छ ।
गत चैत २७ गते नै जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई लेनदेन मुद्दामा जिल्ला अदालतले ६ महिना कैद सजाय सुनाएको भएपनि मल्ललाई चार महिना बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि अदालतले जिल्ला प्रहरी कार्यालय पर्वतलाई फैसला पत्र लेखी पक्राउ गरि अदालतमा पेश गर्न आदेश दिएको हो ।
ध्रुववहादुर थापा र गाउँपालिका अध्यक्ष मल्लबीचको लेनदेन विवाद अदालत पुगेको थियो । अदालतको ताकेतापछि जिल्ला प्रहरी कार्यालय पर्वतले गाउँपालिका अध्यक्ष मल्ललाई पक्राउ गर्न खोजी थालेको छ । अदालतको पत्रमा उनलाई जिल्ला काराकार कास्की चलान गर्न समेत भनिएको छ ।
मल्ल नेपाली कांग्रेस पर्वतका प्रभावशाली नेतासमेत हुन् । निर्माण व्यवसायीसमेत रहेका उनी आगामी महाधिवेशनमा जिल्ला सभापतिका दावेदार हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar