३ भदौ,काठमाण्डौ – प्रस्तावित नेकपा एमाले समाजवादी पार्टी सरकारमा जान सकारात्मक देखिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित एमाले समाजवादीले निर्वाचन आयोग र संसद सचिवालयबाट आधिकारिता पाएपछि मन्त्रिपरिषदलाई पूर्ण दिने तयारी रहेको श्रोतले बताएको छ । आज बिहिबार बिहान प्रधानमन्त्री सरकारी निबास बालुवाटारमा बसेको अनौपचारिक बैठकमा मन्त्रिपरिषदलाई पूर्ण दिने तयारीबारे छलफल भएको थियो ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेको बुझिएको छ । प्रस्तावित एमाले समाजवादी सरकारमा जान सकारात्मक रहेकाले केही दिन कुर्नुपर्ने अवस्था आएको नेताहरूले बताएका छन् । यद्धपी सरकारले पूर्णता पाउन भने अझै केही समय लाग्ने भएको छ ।
केपी ओली नेतृत्वको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन तात्कालिन एमालेको नेपाल पक्षले निर्णायक भूमिका खेलेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar