३ भदौ,काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निजी निवास बालुवाटार पुगेका छन् ।
आज बिहिवार हिान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड र नेपाल बालुवाटार पुगेका हुन् । तीन नेताले पछिल्लो राजनीतिक विषयमा छलफल गरेको बुझिएको छ । हिजो बुधबार मात्र नेकपा एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरी ल्याइएको अध्यादेशबारे छलफल गरेको बुझिएको छ ।
यसअघि माधव नेपाललाई सरकारमा सहभागी हुन देउवा र प्रचण्डले आग्रह गर्दै आएका थिए । अव माधव नेपाललाई सरकारमा सामेल हुन बाटो खुल्ला भएको छ । सोहि बिषयमा तिन नेताहरुबिच छलफल केन्द्रीत रहेको बालुवाटार श्रोतले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar