३ भदौ,काठमाण्डौ – पार्टीभित्रको आन्तरिक विवादका कारण अन्ततः नेकपा एमाले २४ बर्षपछि फेरी विभाजित भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रतिनिधिसभा विघटन प्रकरणबाट शुरू भएको विवादले पार्टीलाई औपचारिक रुपमा बिभाजित बनाएको हो । यसअघि २०५४ सालमा महाकाली सन्धिको विषयलाई लिएर पार्टीभित्र विवाद भएपछि वामदेव गौतमले एमाले विभाजन गर्दै नेकपा (माले) पार्टी गठन गरेका थिए ।
त्यतिबेला जवरजस्त महाकाली सन्धी गर्न केपी ओली व्यापकताका साथ लागेका थिए । महाकाली सन्धीबारे तात्कालिन एमाले पार्टीभित्र बहस चल्दा एकचोटी यिनै केपी ओलीको नेतृत्वमा अध्ययन गर्ने कार्यदल बनाईको थियो । त्यो अध्ययनले पनि त्यतिबेलाको प्रस्तावित महाकाली सन्धि राष्ट्रिय हितअनुकूल छैन भनेर केही बुँदा अघि सारेको थियो । यद्धपी त्यसलाई पास गर्ने कुरा आएपछि ती सबै कुरालाई छाडेर ओली नै त्यसको अभियन्ता भएर लागेका थिए।
तात्कालिन संसद्मा मतदानका क्रममा १/२ जनाले फ्लोर क्रस समेत गरेका थिए । तर एमालेका बहुसंख्यक सांसदहरूले मतदान बहिस्कार पनि गरेका थिए । सोहि विवादमा केपी ओलीले राष्ट्रघात गर्दा ०५४ सालमा एमाले पार्टी पहिलो पटक फुटेको थियो । पार्टि फुटाउन सक्रियताका साथ लागेका तात्कालिन नेता बामदेव गौतम पार्टी विभाजन गरेको चार वर्षपछि पुनः एमालेमै फर्किएका थिए । त्यसपछि ०५९ सालमा तत्कालीन उपाध्यक्ष अशोक राईलगायतका नेताहरुले पनि जनजातिको मुद्दामा पार्टी नेतृत्वले बेवास्ता गरेको भन्दै पार्टी परित्याग गरेका थिए ।
अहिले २४ वर्षपछि एमालेका पूर्वमहासचिव तथा पार्टी बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष ओलीसँग विधि र पद्धतिलाई मुख्य एजेन्डा बनाउँदै पुनः एमाले विभाजित गरेका छन् । अहिले पार्टी विभाजनको अवस्थामा पुग्नुमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली मुख्य दोषि केपी ओली नै हुन् ।
गत ०७५ सालमा ओलीले तात्कालिन माओवादीसंग चुनावी तालमेल गर्दै पार्टी एकता गर्दा माधव नेपालसंग आन्तरिक सल्लाह नै गरेका थिएनन् । त्यतिबेला ओलीले उनै नेता नेपाललाई पाखा लगाउन प्रचण्डसंग तालमेल गर्दै पार्टि एकता गरेका थिए । तर आफु सत्तामा जान र दुई तिहाईको सरकारको नेतृत्वमा प्रधानमन्त्री खान हतारो गरेका अध्यक्ष ओलीले प्रचण्डसंग गरेका बाचालाई धोका दिँदै जान थाले ।
ओलीको स्वभाव र व्यबहारबाट बिच्कन थालेका माओवादीका अध्यक्ष प्रचण्डले ओलीबाट नराम्रोसंग धोका पाएपछि माधव नेपालसामु मध्यस्थ बनिदिन आग्रह गरेका थिए । तर प्रचण्डसंग गरेको बाचालाई कार्यान्वयन गर्न नेता नेपालले सुझाव दिन थालेपछि उनै नेता नेपाललाई समेत एमालेबतट लखेट्ने प्रपंच ओलीले रच्न थाले । ओलीको योजना प्रचण्डलाई नेकपाबाट लखेट्ने र माधव नेपाललाई कमजोर बनाएर आफुले एमाले कब्जा गर्ने थियो । तर सोहि कारण प्रचण्ड र माधव नेपालविच राजनितिक सम्बन्ध बलियो बन्दै गयो ।
माधव नेपाल र प्रचण्ड एउटै पक्षमा लागेपछि अध्यक्ष ओलीमा शनक, दम्भ, घमण्ड, क्रोध र ईश्र्या झन् झन् बढ्न थाल्यो । बिगतदेखी नै राजनितिमा दुष्ट स्वभाव भएका ओलीले फेरी प्रचण्ड र नेपालको सहकार्यतालाई तोड्न राज्य शत्ताको दुरुपयोग गर्दै अनेक प्रपंच रच्न थाले । उनले गरेको क्रियाकलापहरुलाई खण्डन गर्दै आएका नेता नेपाल र प्रचण्ड ओलीको गलत प्रबित्ती बिरुद्ध शतिसाल बनेर उत्रिए ।
ओलीलाई अन्तिमपटक सुधार्न कोशिस गरेका नेता नेपाल र प्रचण्डले कुनै हालतमा ओलीमा राजनितीक परिपक्वता नआउने देखेपछि पटक पटक कारवाहि समेत गरे । तर त्यसको बदलामा ओलीले आन्तरिक सेटिङ मा आफु बलियो भएको देखाउन र सत्ता जोगाउन, पुर्ववत् पार्टी व्युँताएका थिए ।
ओलीको यस्तो हर्कतले केहि हदसम्म कमजोर बन्न पुगेका एमाले बरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष प्रचण्डले ओली बिरुद्ध अभियान नै चलाउन थाले । राजतितीलाई राम्रोसंग नबुझेका एमाले अध्यक्ष ओलीले कयौँपटक नेता नेपाललाई अनेक बहानामा कारवाहि गर्न सुरु गरे ।
पार्टीपंती लाई सक्षम बनाउन रचनात्मक भुमिका खेल्दै देशव्यापी अभियान चलाएका माधव नेपालसामु अध्यक्ष ओलीले संगठन बिस्तार गरी आफ्नो पक्षमा कार्यकर्ता गोलबद्ध गरेको आरोप लगाँउदै उनीमाथी कारवाहिसंगै राजनितीक बन्देज लगाउनेसमेत कुचेष्ठा गरेका थिए । उक्त हर्कतपस्चात् राजनति खेल्न सिपालु रहेका नेता माधव नेपालले पनि बाध्यताबस ओली विरुद्ध देशव्यापी अभियान चलाए । फलस्वरुप शांगठनिक रुपमा देसव्यापी आफ्नो पक्षमा कार्यकर्ताहरु गोलबद्ध गरी आफ्नो पक्षलाई बलियो बनाए ।
तत्पस्चात् ओलीलाई भने डर लाग्न थाल्यो । देशैभर आफ्नो पक्षमा कार्यकर्ताहरु कमजोर भएपछि ओलीमा केहि नरमपना पनि देखिन थालयो तर सत्ता जोगाउने र आफु नै पावरमा रहने ओलीमा घमण्ड देखा परिरह्यो । फलस्वरुप त्यस अगावै ओलीले दुई दुई पटक प्रतिनिधीसभा संसद बिघटनसमेत गरेका थिए । तर कयौँपटक उक्त कार्यप्रति आत्मआलोचित हुन सुझाव दिएका माधव नेपाललाई पार्टीबाट बमजोर बनाएर गलहत्याउने प्रयास गरेका ओलीलाई नै माधव नेपालले सजिलै सत्ताच्युद गराईदिए । अन्ततः ओलीको घमण्ड चकनाचुर हुन पुग्यो ।
दम्भका साथ दुई तिहाईको नेतृत्व गरिरहेका ओलीको सत्ता मोह आफ्नै घमण्डका कारण खरानी भएको थियो । त्यसबेला त सर्वोच्च अदालतले समेत ओलीको बिपक्षमा फैसला गरेपछी ओलीको सत्तामोह र एमाले पार्टीमा कमजोर त भए नै नेपाली राजनितीमा समेत केपी ओली अक्षम्य रुपमा कमजोर बन्न पुगे । यस कार्यबाट पनि नसुध्रिएका ओलीले फेरी माधव नेपाल सामु अनेक हत्कण्डा देखाएपछि एमालेको राजनितीमा कुनै स्थान नपाएका पार्टी बरिष्ठ नेता माधवकुमार नेपालले अन्ततः एमाले बिभाजन गर्न बाध्ये भएका छन् ।
आम एमाले कार्यकर्ता संगै जनताले समेत एमाले बिभाजनमा कसको बढी दोष भनेर एक शब्दमा भन्ने हो भने त्यो ओली नै मुख्य कारण भएको बताउने गरेका छन् । यद्धपी केहि हदमा भने माधव नेपाल, झलनाथ खनालको पनि दोष भने पक्कै छ । तर, ती सबैको तुलनामा मुख्य जिम्मेवारी जसको हो, त्यसको नै बढी दोष हुन्छ । सहजै रुपमा भन्दा एमाले बिभाजनको मुख्य दोषी अध्यक्ष केपी ओली नै रहेको ओली निकटका नेताहरुले बताउने गरेका छन् ।
त्यसो त केपी ओलीलाई तर्साउन प्रधानमन्त्री शेर बहादुर देउवाले लगेको राजनीतिक दलसम्बन्धी अध्यादेशलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीकै ईशारामा बुधबार बिहान मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरिदिएकी थिइन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिने व्यवस्थासहित राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar