एजेन्सी – काबुलमाथि तालिबानले नियन्त्रण बनाएपछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् ।
यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई देशमा स्वागत गरिएको बताएको छ । गनी गत आइतबार काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा देश छाडेर भागेका थिए ।
अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो । अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो । ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले गनीले देश छाड्दा लगभग १६.९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए ।
उनले गनीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar