२ भदौ,काठमाण्डौ – वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएसंगै बागमती प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छिन् ।
आज बुधबार नवनियुक्त मुख्यमन्त्री शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी हुन् । उनले कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई भने दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
प्रदेश सरकारका सात मन्त्रालयमध्ये बाँकी चार मन्त्रालय भने मुख्यमन्त्री शाक्यले तत्काल आफ्नै जिम्मेवारीमा राखेकी छन् । बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो ।
एमाले विभाजन भएसँगै बागमती प्रदेशमा विभाजनको असर कम गर्ने उद्देश्यले एमालेले सरकारको नेतृत्व परिवर्तन गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar