२ भदौ,काठमाण्डौ – पहिरोका कारण नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।
निर्माणधीन सुरुङ मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्नेक्रममा खसेको पहिरोका कारण सडक अबरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरिक्षक रुपा थापाले जानकारी दिइन्।
प्रहरी निरिक्षक थापाका अनुसार सडकखण्ड अन्र्तगत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा, बाहुनडाँडा लगायतका ठाउँका राजमार्ग अवरुद्ध भएको छ । अहिले राजमार्ग दुई तर्फि नै बन्द छ ।
सवारी साधनको पनि लाम लागेको छ । सुख्खा पहिरोले अवरुद्ध सडकखण्ड सडक विभागको डोजरले खुलाउने प्रयास भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar