२ भदौ,काठमाण्डौ – आज (बुधबार) देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना छ । आज राति १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । अहिले देशभर बदली रही केही स्थानमा वर्षा भइरहेको छ । बिहीबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुने छ ।
प्रदेश १ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ । बिहीबार राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुनेछ ।
प्रदेश १ का केही स्थानमा भने मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । जसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar