१ भदौ,काठमाण्डौ – नेकपा एमालेका सचिव गोकर्ण विष्टले वरिष्ठ नेता माधवकुमार नेपालमाथि गरिएको कारवाहीको निर्णय फिर्ता लिन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै सचिव विष्टले कारवाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरूलाई बल पुगेको जनाएका छन् । विष्टले लेखेका छन्, ‘नेकपा एमालेलाई एकताबद्ध गर्न हदैसम्मको प्रयत्न चलिरहेको बेला कमरेड माधव नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरूको लागि थप बल पुगेको छ भने एकता पक्षधरहरूलाई निराश बनाएको छ ।
हरेक संकटमा संयमित र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव छ । हामीभित्र देखापरेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधारण भूमिका जरुरी पर्दछ । यस्तो अवस्थामा क. नेपाल सहितका सांसदहरूमाथिको कारबाही फिर्ता लिएर एकताको लागि थप भूमिका खेल्न अध्यक्ष कमरेड केपी ओलीसँग हार्दिक आग्रह गर्दछु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar