१ भदौ,काठमाण्डौ – अमेरिका पठाईदिन्छु भन्दै ४० लाख रुपैँया ठग्ने दलाललाई प्रहरीले पक्राउ गरेको छ ।
केहि समयअघी ताप्लेजुङ फुङलिङका ५९ बर्षिय (दलाल) लाल बहादुर कार्कीले पाँचथर तुम्बेवा निवासी ३० बर्षिय ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाईदिने भन्दै ४० लाख ठगी गरेका थिए । तर राईसंग रु.११ लाख रकम लिएपछी कार्की फरार भएका थिए । कार्की फरार भएपछि पिडित राईले वैदेशिक रोजगार विभागमा आफु ठगिएको भन्दै उजुरी दिएका थिए ।
राईको उजुरीपछि प्रहरीले दलाल कार्कीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा अर्जुनधारा नगरपालिकाबाट पक्राउ गरेको हो । दलाल कार्कीले पिडित राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका जान रु. ४० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक ३ लाख रुपैयाँ तलव हुने जागिर लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी राईबाट रु. ११ लाख ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाको अनुसार पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar