१ भदौ,काठमाण्डौ – प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त हरिशंकर मिश्रले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आज मंगलबार नेपाली काँग्रेसका नेतासमेत रहेका पूर्वसांसद हरिशंकर मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीवाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar