१ भदौ,काठमाण्डौ – नेकपा एमाले ओली पक्षले वरिष्ठ नेता माधव कुमार नेपालसहित १४ सांसदको पद खारेज गरेको छ ।
आज मंगलवार दिँउसो बसेको ओली पक्षीय बैठकद्धारा वरिष्ठ नेता नेपालसहित १४ सांसदको पद खारेज गरेको हो । पद खारेजी गरिएका सांसदहरुमा बरिष्ठ नेता माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणि चौधरी रहेका छन् ।
त्यस्तै उनिहरुको पद खारेजीको माग गर्दै आजै दिँउसो संसद् सचिवालयमा ओली पक्ष एमालेले पत्र दर्ता समेत गरेको छ । त्यस्तै आजै निर्वाचन आयोगमा पनि ओली पक्षले पार्टी केन्द्रीय कमिटीको परिमार्जित सूची निर्वाचन आयोगमा दर्ता गरिसकेको छ ।
एमालेद्धारा केन्द्रीय कमिटीको परिमार्जित सूची निर्वाचन आयोगमा दर्ता
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar