१ भदौ,काठमाण्डौ – नेकपा एमाले ओली पक्षले पार्टी केन्द्रीय कमिटीको परिमार्जित सूची निर्वाचन आयोगमा दर्ता गरेको छ ।
आज (मंगलबार) ओली पक्षिय एमालेले २६० जना सदस्यको सूची आयोगमा पठाएको हो । एमाले केन्द्रीय कमिटीमा यसअघि २६४ केन्द्रीय सदस्य थिए । आज दिउँसो बसेको स्थायी समिति बैठकले नयाँ सूची पठाउने निर्णय गरेको थियो ।
उता आजै बसेको मन्त्रिपरिषद बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमालेले नयाँ सूची अध्यावधिक गरेको हो । यससँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको प्रतिवाद गर्ने भन्दै एमाले नेताहरुले चेतावनी दिईकेएका छन् ।
सरकारले ल्याएको राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशबाट नेकपा एमाले र जनता समाजवादी पार्टी बढी प्रभावित बन्ने टिप्पणी हुन समेत थालेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar