१ भदौ,काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् ।
अध्यक्ष ओलीले आज विहान ११ बजे स्थायी कमिटी र दिँउसो ३ बजे संसदीय दलको बैठक बोलाएका हुन् । पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत गर्दै ओलीले आज संसदीय दल र स्थायी कमिटी बैठक बोलाएको बताईएको छ ।
देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए । स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ ।
अध्यक्ष ओलीले सोमबार राति नै वक्तव्य जारी गर्दै पार्टी एकताको आह्वानसमेत गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar