३२ साउन,काठमाण्डौ – आज शेयर बजारमा सामान्य वृद्धि भएको छ ।
आज (सोमवार) शेयर बजारमा सामान्य वृद्धि कारोबार रकम भने १५ अर्ब रुपैयाँमा सिमित भएको छ ।
आज नेप्से परिसूचक ५.७२ अंकले बढ्दै ३१६०.०५ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ सूचक ३.५६ अंकले बढ्दै ५९२.९३ विन्दुमा पुगेको छ । सोमवार कुल २ सय २७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८ सय ५ कित्ता शेयर १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९ सय ८३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
आज व्यापार, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य, माइक्रोफाइनान्स, इन्भेष्टमेन्ट उपसमूहको सूचक बढेको छ । यस्तै बैंकिङ, होटल तथा पर्यटन, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा र मुचुअल फण्ड उपसमूहको सूचक घटेको छ । सोमवार ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोवारमा सकारात्मक सर्किट ब्रेक लागेको हो । यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar