३२ साउन,काठमाण्डौ – सरकारले चालु संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन नसकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् । सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।
त्यस्तै आजै बसेको मन्त्रिपरिषद् बैठकले प्रवेश प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय समेत गरेको थियो । सरकारले राजेश अहिराज ९झा० लाई बर्खास्त गरेर पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar