एजेन्सी – अफगानिस्तानका राष्ट्रपतिले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका छन् ।
राष्ट्रपति असरफ घानीले देश छाडेपछि तालिबानी विद्रोहीले राष्ट्रपति कार्यालय कब्जा गरेका हुन् । तालिबान विद्रोहीले राष्ट्रपति कार्यालयमा आफ्नो झण्डा गाडेका बीबीसीमा समाचार प्रकाशित् छ । राष्ट्रपति घानीले देश छाडेपछि सहजै रुपमा तालिबानले राष्ट्रपति कार्यालय कब्जा गरेको समाचारमा जनाइएको छ।
राष्ट्रपति कार्यालय कब्जा गरे लगत्तै तालिवानी विद्रोहीले राष्ट्रपति भवनबाटै इस्लामिक एमिरेट्स अफ अफगानिस्तानको घोषणा गर्ने जनाएका छन्। समाचार एजेन्सी एपीका अनुसार एक तालिवानी सैन्य कमान्डरले राष्ट्रपति कार्यालयबाटै आफूसँग यस्तो घोषणा गर्ने तयारी भैरहेको बताएका छन्।
काबुलबाट सार्वजनिक भएका भिडिओ र तस्विरमा काबुल विमानस्थलमा देश छाड्नेको ताँती देखिन्छ ।यसैबीच अमेरिकासहित पश्चिमा मुलुकहरुले आफ्ना कूटनीतिक कर्मचारी र नागरिकलाई फिर्ता लगेका छन्। काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि अमेरिकाले आफ्नो दूतावास भवन खाली गर्दै काबुल अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्थानान्तरण गरेको छ। दूतावासका सबै कर्मचारी र झन्डालाई हेलिकप्टरबाट विमानस्थल परिसरमा सारिएको बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार आफ्ना नागरिकको सुरक्षा गर्न विमानस्थल परिसरमा ४,००० अमेरिकी सैनिक परिचालन गरिएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार अफगानिस्तानमा १,४०० अमेरिकी कर्मचारी थिए। तीमध्ये सानो समूह मात्रै केही समयका लागि काबुलमा रहने र बाँकीलाई त्यहाँबाट निकालिने जनाइएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar