• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ २३, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप

१ घण्टा अघि
२

मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

२ घण्टा अघि
३

मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

२ घण्टा अघि
४

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

३ घण्टा अघि
५

अर्जुन पोखरेलको ‘आमा’ सार्वजनिक

३ घण्टा अघि
६

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

३ घण्टा अघि
७

सिटिजन्स बैंकले सुरु गर्यो र्यापिड एपिआई बैंकिङ

३ घण्टा अघि
८

अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

३ घण्टा अघि
९

नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति

२० घण्टा अघि
१०

पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२३ घण्टा अघि
११

एसियन कप तयारीमा नेपाल हङकङसँग भिड्दै

१ दिन अघि
१२

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra sir photo १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • deuba and janardan २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २ हफ्ता अघि
  • gs moters ३

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    १ हफ्ता अघि
  • United Cement ४

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    १ हफ्ता अघि
  • hariharpur gadhi ५

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    ३ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ६

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    १ हफ्ता अघि
  • samsad abarod ७

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    १ हफ्ता अघि
  • anema sangh ८

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    २ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    १ हफ्ता अघि
  • prithvi highway pul १०

    पृथ्वी राजमार्गको थाँक्रेमा पुलमा भ्वाङ परेपछी यातायात ठप्प

    १ हफ्ता अघि
  • prev
    next

    एनआरएनएद्धारा श्वेत पत्र जारी : के छ श्वेत पत्रमा ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ श्रावण ३१, आईतबार (३ साल अघि)
  • १५०६ पाठक संख्या
  • nrna

    ३१ साउन,काठमाण्डौ – गैरआवासीय नेपाली संघ एनआरएनएले श्वेत पत्र जारी गरेको छ ।

    आज आईतबार नेपालस्थित् संघको् केन्द्रीय कार्यालयमा बसेको बैठकले श्वेत पत्र जारी गरेको हो । बैठकले नेपालको बैदेशिक रोजगारीको पछिल्लो यात्राले छोटो समयमा धेरै सम्भावनाका साथै जोखिमहरु पनि बोकिरहेको भन्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सरकारसंग माग गरेको छ ।

    त्यस्तै कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली आप्रवासी कामदारको अवस्था अत्यन्त दयनीय रहेको समेत संघले जनाएको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीमा वैदेशिक रोजगारी समेत पूर्ण रुपमा प्रभावित हुँदा मुख्य रुपमा मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायतका देशमा जाने नेपालीहरु समस्यामा परेको बताएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको भएको भन्दै विदेशमा अलपत्रमा परेका नेपालीहरुको उद्धार र सहयोगमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको पनि संघले जनाएको छ । कोभिड–१९ को महामारी पछि गैरआवासीय नेपाली संघ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब २ लाख नेपालीहरुको उद्धार गरिएको संघको दावी छ ।

    मुलुकको कूल गार्हस्थ उत्पादन ९जीडीपी०मा वैदेशिक रोजगारीमा रहेका नेपालीले रेमिट्यान्स मार्फत २४ प्रतिशतको योगदान गरेका छन् । यति ठूलो योगदान भएका श्रमिकले जीवनभर कमाएर बुढेशकालमा स्वदेश फिर्ता हुँदा कुनै सामाजिक सुरक्षाको सुनिश्चितता नभएको भन्दै यसले झनै विकराल अवस्था सिर्जना भएको श्वेतपत्रले औँल्याएको छ ।

    कोभिड–१९ को महामारीपछि सङ्घ, विदेशस्थित नेपाली सरकारी निकायबीचको सहकार्यमा करिब दुई लाख नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ । आगामी दिनमा नेपाल सरकार र एनआरएनएको सहकार्यलाई अझ सशक्त बनाएर एक संयुक्त स्थायी संरचना मार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सहयोगको बाटो खोल्न यो श्वेतपत्रले आधार तयार गर्ने विश्वास लिइएको छ । पछिल्लो सरकारी तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि सरकारले खोलेका ११० देशको लागि सन् २०१९÷२०२० मा मात्रै झण्डै चार लाख नेपालीले औपचारिक रूपमा नेपाल सरकारसँग श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारी देशको लागि मुख्य आय स्रोतको रूपमा रहेको छ ।

    एनआरएनएका उपाध्यक्ष डा बन्द्री केसीका अनुसार सन् २००३ देखि सन् २०२१ को अवधिमा विदेशमा करिब ७० लाख नेपाली छन् । यिमध्ये अधिकांश वैदेशिक रोजगारिका शिलशिलामा गएका हुन् । वैदेशिक रोजगारीमार्फत राज्यले झण्डै रु १० खर्ब रेमिट्यान्स भित्रिन्छ । कोभिडका कारण रेमिट्यान्स बढेको बताइन्छ । एनआरएनए वैदेशिक रोजगार तथा कल्याणकारी समितिका संयोजक केसीले सन् २००३ देखि नै सङ्घले वैदेशिक रोजगार मुलुक गन्तव्यलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्नेबारे एक कमिटी मार्फत काम गर्दै आएको बताए । अहिले पनि करिब ३० लाख नेपाली वैदेशिक रोजगारीमा रहेको उनले जानकारी दिए । उनका अनुसार कोभिडका कारण एक लाख ७० हजारभन्दा बढीले रोजगारी गुमाएका छन् । एक लाखभन्दा बढी संक्रमित भएका छन भने ४८६ जनाको मृत्यु भएको छ ।

    विशेषगरी वैदेशिक रोजगारिमा रहेका खाडी मुलुक, मलेसियालगायत गन्तव्यका कामदार समस्यामा छन् । श्रम स्वीकृत नभएका कारण उनीहरू असुरक्षित छन् । घरेलु कामदार महिलाको अवस्था दयनीय छ । सक्कल कागजात नहुँदा उनीहरूलाई स्वदेश फर्काउन कठिनाइ भएको जनाइएको छ । यो अवधिमा कुवेतबाट मात्रै पाँच हजार महिलाको उद्धार गरिएको उपाध्यक्ष केसीले बताए । एनआरएनए कोभिड–१९ राहत तथा स्वदेशफिर्ता सहजीकरणका लागि गठित समितिका संयोजक राजेन्द्र राउतका अनुसार कोभिड महामारीमा वैदेशिक रोजगारी पूर्ण रूपमा प्रभावित हुँदा मुख्य रूपमा मध्यपूर्वमा रहेका साउदी अरब, युएई, कुवेत, ओमन र बहराइन तथा मलेसिया लगायत देशमा जाने नेपाली समस्यामा परेका छन् । हालसम्म श्रम गन्तव्य मुलुकबाट २२ हजारभन्दा बढी नेपालीलाई सहयोग गरिएको छ । कतिपय समस्यामा परेका कामदारलाई ३५० डलरसम्म टिकट काटेर स्वदेश फिर्ता गरिएको र नेपाल आएपछि घरसम्म पुर्याउने व्यवस्था मिलाइएको जानकारी दिए ।

    यो अवधिमा विभिन्न मुलुकमा जेल सजाय भोगिरहेका १३५ जनालाई जेलमुक्त गरी स्वदेश फर्काइएको सङ्घले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीको अभिभावकत्वको जिम्मेवारी नेपाल सरकारको भएकाले विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र सहयोगमा नेपाल सरकारको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कोभिड–१९ पछि नेपालमा वैदेशिक रोजगारीको अवस्था र नेपाली आप्रवासी कामदारले सामना गर्नुपर्ने समस्या र चुनौतीको पहिचान गरेर त्यसको समाधानका लागि नेपाल सरकार र सरोकारवालालाई सचेत गराउने, साथै, नेपाली आप्रवासी कामदारलाई सहयोग प्रदान गर्न सक्ने क्षेत्रको पहिचान गर्ने उद्देश्यका साथ यो श्वेतपत्र जारी गरिएको हो ।

    नेपाली युवाका लागि बैदेशिक रोजगारी पहिलो र अन्तिम बाध्यकारी विकल्प बनेको छ । दैनिक एक हजारदेखि एक जहार ५०० युवा विभिन्न देशमा रोजगारीका लागि जानेगरेको बताइन्छ । नेपालबाट विशेषगरी खाडी मुलुक र मलेसियालगायत देशमा बैदेशिक रोजगारीमा जानेमध्ये करिब ९५ प्रतिशत श्रम रोजगारीमा नै गएका हुन्छन् । पछिल्लो समय युरोप, क्यानडा, अमेरिकालगायत विकसित देशमा पनि उल्लेख्य संख्यामा कामदार पुगेका छन् ।

    रोजगारीको सिलसिलामा वार्षिक करिब चार लाख व्यक्तिहरू श्रम बजारमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा विविध कारणले स्वदेशमा रोजगारीको पर्याप्त अवसर तथा छनोट नभएकाले अल्पकालीन रणनीतिको रूपमा आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिँदैन । बालुवाटारस्थित सङ्घको सचिवालयमा श्वेतपत्र सार्वजनिक गर्दै सङ्घका अध्यक्ष कुमार पन्तले कोभिड महामारीले वैदेशिक रोजगारीमा रहेको श्रमिकको कहालीलाग्दो अवस्थालाई उजागर गरेको र सरकार तथा सरोकारवालालाई समस्या समाधानका लागि श्वेतपत्रले मार्ग निर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आइतबारको माग र देशको आवश्यकता हो भने । एनआरएनए उपाध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्था झनै दयनीय रहेको भन्दै उनीहरूको श्रम सुरक्षाका लागि विशेष अभियान चलाउन जरुरी भएको धारणा राखे । एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन एनआरएनले सक्रिय भूमिका निर्बाह गरिरहेको बताए ।

    वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिर्वतनसहित कयौँ अवसर र चुनौतीलाई समेटेर सङ्घले ल्याएको श्वेतपत्रमा श्वेतपत्रमा विशेषतः नेपालको वर्तमान आप्रवासन स्थिति, गन्तव्य देशहरूमा नेपालीको अवस्था र उनीहरुले भोग्नुपरेको समस्या, नेपालमा फर्किएका नेपालीको पुनःएकीकरणको सम्भावित उपाय, सरकारबाट अपेक्षा र एनआरएनएको भूमिका लगायत बारेमा वास्तविक रूपमा चित्रण गर्ने कोसिस गरिएको छ ।

     

  • NRNA
  • subhayug
  • एनआरएनए
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप

  • मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

  • अर्जुन पोखरेलको ‘आमा’ सार्वजनिक

  • आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै


  • समाचार
  • १

    ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप
    १ घण्टा अघि

  • २

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा
    २ घण्टा अघि

  • ३

    मधेश प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
    २ घण्टा अघि

  • ४

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ३ घण्टा अघि

  • ५

    अर्जुन पोखरेलको ‘आमा’ सार्वजनिक
    ३ घण्टा अघि

  • ६

    आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
    ३ घण्टा अघि

  • ७

    सिटिजन्स बैंकले सुरु गर्यो र्यापिड एपिआई बैंकिङ
    ३ घण्टा अघि

  • ८

    अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा
    ३ घण्टा अघि

  • ९

    नेपाली फिल्मको भीपीसी शुल्क २५ प्रतिशत घटाउने सहमति
    २० घण्टा अघि

  • १०

    पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    २३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प-मस्कबीचको मतभेद चर्किंदै : सार्वजनिक आरोप–प्रत्यारोप

    subhayug
    २

    अमेरिकाले खारेज गर्याे नेपाललाई दिँदै आएको टीपीएस सुविधा

    subhayug
    ३

    १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

    subhayug
    ४

    दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्यूङ विजयी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution