३१ साउन,धादिङ – धादिङको गल्छी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी ८२ करोड ९१ लाख बराबरको बजेट विनियोजन गरेको छ ।
आईतबार, गाउँपालिकाले छैठौँ गाउँसभा मार्फत आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ८२ करोड ९१ लाख १५ हजार ४ सय ३३ रुपैँया बराबरको बजेट विनियोजन गरेको हो । गाउँसभा मार्फत गाँउपालिका उपाध्यक्ष राधा तिमल्सिनाले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी नगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी थिईन् ।
प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ रु. ३१ करोड ४६ लाख ४२ हजार १२ रुपैयाँ, संघीय वित्तीय समानीकरण, सशर्त, विशेष र समपुरक तर्फ रु.४२ करोड ८७ लाख २३ हजार रहेको गाँउपालिकालेृ जनाएको छ ।
त्यस्तै प्रदेश सरकारको समानीकरण अनुदान,राजस्व बाँडफाँड, सशर्त, समपुरक,विशेष अनुदान रु. ७ करोड ९७ लाख ५० हजार ४ सय २१ रुपैयाँ रहेको छ । जिल्ला समन्वय समितिबाट ६० लाख गरी जम्मा आय रु. ८२ करोड ९१ लाख १५ हजार ४ सय ३३ रुपैयाँ आय अनुमान गरिएको गाँउपालिकाले जनाएको छ । त्यस्तै क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ भने रु. ४ करोड १२, सामाजिक विकास क्षेत्र तर्फ २३ करोड ५२ लाख ३२ हजार विनियोजन गरिएको छ ।
यस्तै पुर्वाधार विकास क्षेत्र तर्फ २७ करोड ९६ लाख १२ हजार ४ सय ६६ , सुशासन, संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्र तर्फ १४ करोड २२ लाख ७५ हजार ९ सय ९९ रुपैया, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ९५ लाख वडा गत बजेट ६ करोड ६० लाख, भुक्तानि दिन बाँकी १ करोड ५७ लाख ९१ हजार ४ सय ६८ रुपैयाँ र प्रदेश तथा जिल्ला समन्वय समिति दहत्तर बहत्तर रकम फिर्ता ३ करोड ९५ लाख ३ हजार ४ सय ९९ रुपैयाँ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar