३० साउन,धादिङ – देसकै बहु चर्चित धादिङ र गोरखाको सिमानामा पर्ने जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनालाई तिव्रता दिन र छिटो निर्माण गर्न युवा दवाव समूह गठन गरिएको छ ।
हिजो शनिबार बेनिघाट रोराङ गाँउपालिका स्थित् बिशालटारमा सम्पन्न भेलाले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण जनसरोकार समिती गठन गरको हो । त्यस्तै भेलाले रबि अधिकारीको संयोजकत्वमा १४ सदश्यीय समिती पनि गठन गरेको छ । समितीको उपाध्यक्षमा कृष्ण भट्टराई, सचिवमा गकुल पन्त, सहसचिवमा दिनेश रमन आचार्य, कोषाध्यक्षमा बिनोद खड्का, सदस्यहरुमा अनुप कोईराला, पवन खनाल लगायत रहेका छन् । त्यस्तै समितीको सल्लाहकारहरुमा भने नारायण अधिकारी, सन्तोष घिमिरे, कुशल आले मगर र केदार अधिकारी रहेका छन् ।
१२ सय मेगावाट बिजुली उत्पादन गर्न पृथ्वीराजमार्गको बेनीघाटबाट उत्तर तर्फ २ किमी टाढाको दुरीमा गोरखाको घ्याल्चोक र धादिङको सलाङ गाविसको बिचमा २ सय ६३ मिटर उचाई र ७ सय मिटर चौडाईको बाँध निर्माण हुने यस आयोजनाको सुरुका चरणमा कामले गति लिएपनि हाल सरकारको प्राथमिकतामा पर्न छाडेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar