२७ साउन,आरुघाट – गत साउन १९ गतेदेखी खोलाले बगायर बेपत्ता गोरखामा एक पुरुषको दाहिने खुट्टा फेला परेको छ ।
आरुघाट गाउँपालिका १ श्यामचेतका सानुकमल गुरुङ हलगोरु किनेर गोरु धनीसहित आफ्नो घरतर्फ फर्कने क्रममा ८ दिनदेखी बेपत्ता गुरुङको आज दिउँसो १२ बजे वडा नं. ४ स्थित निर्माणाधीन सोती – मान्बु पक्की पुलमुनि दाहिने खुट्टा भेटिएको डिएसपी प्रकाश दाहालले बताए ।
भेटिएको खुट्टा आफ्ना बाबुको नै रहेको मृतकका छोरा बाग बहादुर गुरुङले पुष्टि गरेका छन् । शरिरको अन्य भागको पनि खोजी भई रहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar