२७ साउन, बुटवल – लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।
केहिबेर अघीबाट प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको बैठकमा सत्ता पक्षका सांसद भने उपस्थित भएका छैनन् ।
त्यस्तै बैठकमा अविश्वास प्रस्ताव पेस गर्दै प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्ता पक्ष अनुपस्थित नहुनु अनौठो भएको बताए । आफूहरुले पटक पटक मुख्यमन्त्रीलाई ‘तपाई अल्पमतमा हुनुहुन्छ, विश्वासको मत लिएर देखाउनुस्’ भनेर आग्रह गरेको तर अटेर गर्दै वैशाख यता संविधान र कानुनको ठाडो उल्लंघन गरेर सरकारको नेतृत्व गर्दै आएको उनले बताए ।
मुख्यमन्त्री पोखरेलले केहीबेरअघि राजीनामा दिएको भए पनि प्रदेशसभामा पत्र नआइसकेका कारण प्रदेशसभाको पूर्वनिर्धारित बैठक सुरु भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar