२३ साउन,सिराहा – जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्व कसले पाउने भन्नेबारे सुरु भएको विवादका बिच यादव पक्षले आधिकारिकता पाएपस्चात् पनि मधेसमा अझै समानान्तर गतिविधीमा सक्रिय छन् ।
त्यस्तै दुवै समुहले आ आफ्नो समुह बलियो रहेको दावी गर्दै अझै समानान्तर गतिविधी गरिरहेका छन् । सोही अनुरुप महन्थ ठाकुर पक्षले हिजो शुक्रबार सिराहाको सदरमुकाम सिराहा बजारमा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा सयौंको संख्यामा कार्यकर्ताहरु उपस्थित हुने अपेक्षा गरिएपनि कार्यक्रममा जम्मा ३२ जना उपस्थित् भएका छन् । त्यस्तै ३२ जना सहभागी उक्त कार्यक्रममा १० जना त अतिथी नै थिए ।
खासगरी पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसंग जोडिन पुगेपछि मधेसमा महन्थलाई पनि विश्वास गर्न छोडेको स्थानीय कार्यकर्ताहरुले बताउने गरेका छन् । त्यसो त पछिल्लो समय महन्थ ठाकुर पक्षको कार्यक्रममा कार्यकर्ताहरुको सहभागिता नै नरहने गरेको एक स्थानीय नेताले बताए ।
सिराहामा महन्थ ठाकुर समुहका नेता सुरेन्द्र झा सक्रिय छन् । यद्यपी काठमाडौँँमा महन्थ ठाकुर पक्षको बचाउ र अन्तवार्तामा ठुलो बहस गरेपनि जिल्लामा उनले महन्थतको पक्षमा माहोल भने बनाउन सकेका छैनन् । त्यस्तै यतीबेला उपेन्द्र यादव पक्षले भने केन्द्रीय समितिलाई अध्यावधिक गर्नका लागि जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको नागरिकता संकलन गरिरहेको बेला महन्थ ठाकुर पक्षले पनि जसपाको विस्तारित जिल्ला बैठक भन्दै कार्यक्रम सुरु गरेको हो ।
उता निर्वाचन आयोगले पनि उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिइसकेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar