२२ साउन,काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण फैलिँदै गएकाले भविष्यमा हुन लागेका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई परीक्षा स्थगित गर्न सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु ।’
यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत ट्विटरमार्फत परीक्षा स्थगनको तयारी रहेको जानकारी दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar