२२ साउन,धादिङ – धादिङ जिल्लाको पृथ्वीराजमार्गसंग सिद्धलेक गाँउपालिका जोड्ने त्रिशुली नदीमाथि निर्माण सुरु गरिएको पक्की पुलको काम अलपत्र परेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखु र सिद्धलेक गाउँपालिका वडा नं ४ आरुबासटार जोड्ने पुल निमार्ण शुरु गरिएको ठेकेदारको लापरबाहिका कारण अलपत्र परेको हो । २०७७ जेष्ठ २४ गतेसम्ममा निमार्ण सम्पन्न गरिसक्नुपर्ने गरि २०७५ सालमा पुलको शिल्यानास गरिएको काम लगभग ३० प्रतिशत मात्रै सम्पन्न भएको छ ।
पुल निमार्णको ठेक्का महाबिर निलगिरी नेशलन जेबिले १५ करोडमा सम्झौता लिई निमार्ण शुरु गरिएको हो । पुलको लम्बाई १ सय ४० मिटर र चौडाई साढे १० मिटर अर्थात डबल लेन रहेको छ । सम्झौता सकिएको एक बर्ष बितिसक्दा पनि सरकारले काममा लापरवाही गर्ने र समयमा नै काम नगर्ने निर्माण कम्पनीलाई कारवाही गर्ने भनिएपनि यस्ता कम्पनीलाई स्थानीय सरकार र प्रदेश सरकारले कारवाही अघि नबढाएको स्थानियहरुको गुनाशो छ ।
पुल समयमै सम्पन्न नहुदाँ त्यहाँका स्थानिहरुलाई आबश्यक पर्ने सामाग्री लैजान र त्यहाँ उत्पादित तरकारीहरु स्थानिय बजार, राजधानीसम्म पुयाउन कठिन भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar