१७ साउन,सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी गएको छ ।
शनिवार गएराती करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा बाढी आएको हो । बाढीले केही घरमा क्षति पुर्याएको छ भने हेलम्बुको तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिले हेलम्बुको चनौटे बजारको बीच भागबाट नदी बगिरहेको छ ।
‘त्यहाँका जनतालाई पहिल्यै अन्यत्र सार्ने प्रबन्ध गरिएका कारण मानवीय क्षति भने भएको छैन,’ उनले भने, ‘दुई ठाउँमा बाढी आउने आकलन गरी साइरन जडान गरिएको छ, त्यो साइरनका कारण पनि अहिले मानिसहरूलाई सजिलो भएको छ ।’
उनका अनुसार मेलम्ची नदीले स्वरुप परिवर्तन गरेको छ । हेलम्बु गाउँपालिका – १ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको छ । यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar