एजेन्सी – अमेरिकाको अलास्का पेनिनसुलास्थित प्रशान्त महासागरमा ८ दशमलब २ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
शक्तिशाली भूकम्पसँगै त्यस क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । स्थानीय समय अनुसार राति सवा ११ बजे जमिनको सतह भन्दा करिब ३५ किलोमिटरको गहिराइमा भूकम्प गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । पहिलो झट्कापछि भूकम्पको पुनः ६.२ र ५.६ म्याग्नेच्यूडका दुई झट्का आएको थियो ।
भूकम्पपछि अलास्काको पेनिनसुला र एलेउटियन टापुमा सुनानीको चेतावनी दिइएको हो । स्थानीय मिडियाका अनुसार देशको पश्चिमी तटमा भएको नोक्सानको पनि आँकलन गरिराखिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar