१४ साउन,पर्सा – पर्साको बहुदरमाई नगरपालिकामा एक भारतिय युवतीलाई छोरी बनाई नागरिकता बनाईदिएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
बहुदरमाई नगरपालिका २ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई – २ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेललाई प्रहरीले पक्राउ गरेको हो । भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रहरीको दावी छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार बिहान १० बजे वीरगञ्ज-१३ श्रीपुरबाट सीता पटेललाई नियन्त्रणमा लिएको थियो । उनको शरीर तलासी गर्दा उनले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते जारी भएको ३४-०१-७०-१०३५२ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपी फेला पारेको थियो ।
नागरिकतामा साविक बैरियाबिर्ता दा.पु. गाविस। वडा नं. ९ बस्ने धुरुप प्रसाद पटेलको छोरी कविता कुमारी भन्ने विवरण उल्लेख थियो । भारतीय नागरिकलाई नागरिकता बनाउन बुवा बनी सनाखत गरिदिएको अभियोगमा धुरुपलाई पनि श्रीपुरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
दुवै जनालाई नागरिकता सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar