१४ साउन, काठमाण्डौ – सरकारले गत जेठ ११ गते कोरोना महामारीका कारण मारमा परेका ऋणीलाई लक्षित गर्दै राष्ट्र बैंकबाट मान्यता प्राप्त क, ख र ग वर्गका सबै बैंक तथा वित्तिय संस्थाहरुलाई निषेधाज्ञा अवधि सकिएको एक महिनासम्म कुनै पनि ऋणीको घर जग्गा लिलामी नगर्न निर्देशनसहितको सर्कुलर जारी गरेको थियो । तर मेगा बैंक लिमिटेडले भने राष्ट्र बैंकको निर्देशनलाई नै अवज्ञा गर्दै निषेधाज्ञा जारी अवधिमै ऋणीहरुको सम्पत्ति लिलामीको सुचना प्रकाशित् गरेको छ ।
बैंकले राष्ट्र बैंकको निर्देशनलाई नै अवज्ञा गर्दै काठमाडौं जिल्ला प्रशासनको निषेधाज्ञा जारी अवधीमै ऋणीहरुको सम्पत्ति लिलामीको सुचना निकालेको हो । बैंकले गत साउन ४ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा ऋणीको घर जग्गा लिलामीको सुचना प्रकाशन गरेको हो । त्यस्तै बैंकले ऋणी एभरेष्ट आउटर वेयर इण्डष्ट्रिज प्रा.लीको नाममा साउन ६ गते ३५ दिने सुचना प्रकाशन गरेको छ ।
उक्त सुचनामा व्यक्तिगत जमानीकर्ताहरु कृष्णहरी घिमिरे र शौरभव घिमिरे तथा कमला घिमिरेको नाममा लिलामी निकालेको छ । त्यस्तै सोही पृष्ठमा ६ दिन भित्र ऋण नतिरे चल अचल सम्पत्ति लिलाम गर्ने अर्को सुचना छ । भुमादेवि गौतमको नाममा रहेको ग्लोबल माउन्टेन आउट वेयर उद्योगलाई ७ दिन भित्र ऋण नतिरे घरजग्गा लिलामी गर्ने समेत सुचनामा उल्लेख गरेको छ ।
राष्ट्र बैंकको निर्देशनलाईनै बेवास्ता गर्दै मेगा बैंकले कोरोना महामारिमै ऋणीहरुको सम्पत्ति लिलामीको सुचना प्रकाशन गरेपछी राष्ट्र बैंकले भने मेगा बैंकको उक्त कार्यबारे चासो दिने बताएको छ ।
राष्ट्र बैंकका प्रवक्ता देवराज कुमार ढकालले मेगा बेंकको सुचनाको विषयमा सोधीखोजी गर्ने बताएका छन् । ‘महामारीको अवधीमा हामीले राम्रा ऋणीलाई लक्षित गरेर सर्कुलर जारी गरेका हौँ । तर, कोही २ वर्षदेखि ऋण नतिरेका छन् भने त बैंकको बाध्यता हुन सक्छ । मेगा बैंकबारे उक्त विषयमा बुझ्छु अनी सर्कुलर विपरित भए कारवाहीको प्रकृया अघी बढाईन्छ।’ प्रवक्ता ढकालले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar