१२ साउन,दार्चुला – दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई उन्मुक्ति दिँदै सहचालकलाई मात्रै जेल सजाय तोकेको छ ।
१४ वर्षकी बालिकालाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलमार्फत दार्चुला जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो । २०७७ सालको सो घटनाबारे सोमबार दार्चुला जिल्ला अदालतले फैसला सुनाउँदै १९ वर्षीय सहचालक सन्तोष महरलाई मात्र दोषी देखाएको छ । २७ वर्षीय चालक सन्तोष बिष्टलाई भने उन्मुक्ति दिएको छ ।
गत सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले यस्तो फैसला सुनाएको हो । फैसला चित्तबुझ्दो नभएको भन्दै सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको पीडित पक्षको भनाइ छ । पीडित बालिकाका अभिभावकले प्रहरीमा दिएको जाहेरीअनुसार बर्ष १४ की बालिका ०७७ माघ २८ गते बिहान दिदीको घरबाट आफ्नो घर जान्छु भनी गाडी कुरेर बसिरहेकी थिइन् । त्यहीबेला सहचालक सन्तोष महरले ललाई – फकाई मालिकार्जुन सिमलगैरको होटलमा पुर्याएका थिए ।
पछि सहचालक सन्तोष महर पुनः उक्त होटलमा आए । त्यहाँबाट उनलाई गोकुलेश्वर बजारमा रहेको अर्को होटलमा लगी जबरजस्ती करणी गरे । त्यसपश्चात गाडी चालक सुरेश बिष्टको डेरामा समेत लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar