१२ साउन, काठमाण्डौ – सर्वोच्च अदालतबाट काग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ती पाएसंगै देउवा पत्नी आर्जु राणा रक्रिय हुन थालेकी छन् ।
श्रीमान प्रधानमन्त्री भएयता विभिनन राजनितिक नियुक्तीसंगै मन्त्री छनोट गर्नेसम्म देवा पत्नी आर्जुले हालीमुहाली गर्ने गरेको काँग्रेस निकट श्रोतले जनाएको छ । गत केहि दिन अघीमात्र पत्नी आर्जु राणाको दवावमा उनको व्यावसायीक ‘पार्टनर’लाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरी विवादमा आएका प्रधानमन्त्री देउवाले श्रीमती आर्जुकै दवावमा फेरी अर्को विवादास्पद निर्णय गरेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकबाट उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरी विवादको अर्को चरण सुरु गरेका हुन्। पौडेल पनि देउवा पत्नी आर्जुका अर्का व्यावसायीक ‘पार्टनर’ हुन्। उनी आर्जुको लगानी रहेको ललितपुर खुमलटारस्थित युलेन्स स्कुलका संस्थापक हुन्। डा.पौडेललाई आयोगमा नियुक्ती गरिएसंगै काँग्रेसभित्र बिवाद सुरु भएको छ ।
उता कांग्रेस पार्टीले भने आयोगको उपाध्यक्षमा डा.शंकर शर्मालाई नियुक्त गर्नका लागि देउवालाई प्रस्ताव गरेको थियो। तर, पार्टीको प्रस्तावलाई नकार्दै देउवाले श्रीमतीको दवावमा आर्जुका पार्टनर पौडेललाई महत्वपूर्ण निकायमा उपाध्यक्षको जिम्मेवारी दिएका हुन्। यसअघि पनि स्वास्थ्य राजयमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका कारण उनको आलोचना भैरहेको छ ।
श्रेष्ठलाई बर्खास्त गर्न माग गरी डा. गोविन्द केसीले देउवालाई पत्र पठाएकै दिन अर्को विवादास्पद नियुक्ति गरिएको हो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar