१२ साउन, चितवन – चितवनको भरतपुर महानगरपालिकाको एउटै वडाका २ जना प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।
मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले लुम्बिनी र गण्डकी प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेका अमिक शेरचन र पृथ्वीमान गुरुङ भरतपुर महानगरपालिका २६ स्थित् दिव्यनगर टोलका छिमेकी परेका हुन्। मन्त्रीपरिषद बैठकले माओवादीको सिफारिसमा लुम्बिनीको प्रमुखमा शेरचन र कांग्रेस सिफारिसमा गण्डकीका प्रमुखमा गुरुङलाई नियुक्त गरेको हो ।
प्रदेश प्रमुखमा आफ्नो क्षेत्रकै दूई जनाले नियुक्ती पाएपछी भरतपुर महानगरकी मेयर रेनु दाहालले सामाजिक सञ्जालमार्फत शुभकामनासमेत दिएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन् – ‘भरतपुर महानगर – २६ दिब्यनगरकै दुई जना प्रदेश प्रमुख पाएकोमा बधाई छ हामी भरतुरबासीलाई । लुम्बिनिमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान गुरुङ उहाँहरू दुबैलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar