९ साउन,काठमाण्डौ – काठमाण्डौ जिल्ला प्रशासनले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ ।
शुक्रबार सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सवारीसाधन सञ्चालनको व्यवस्था गर्न काठमाण्डौ जिल्ला प्रशासनले अनुरोध गर्दै अनुमती दिएको हो ।
सूचनामा त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दुरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको उल्लेख छ ।
यसअघि गत साउन १ गतेदेखि लामो दुरीका सवारी अत्यावश्यक पर्दामात्र चलाउन भनी काठमाण्डौ, ललितपुर र भक्तपुरका सिडिओहरुले निर्देशन जारी गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar