८ साउन,काठमाण्डौ – हाेण्डा नेपालकाे नाममा हाल फेसबूकमा “स्पाम” फैलिरहेकाे छ ।
होन्डाको ७० औं वार्षिकोत्सवको “Honda 70th Anniversary” शुभकामना सहितको म्यासेज लिङ्क म्यासेन्जरमा फैलिइरहेको हाे । याे लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ ।
उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ ।
याे लिङ्क नखोल्नुहोला । किनकि याे तपाईंलाई झुक्याएर तपाईंसँग सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यसले तपाईंकाे व्यक्तिगत सूचना संकलन गर्दछ ।
हाेण्डा नेपालले पनि एक सूचना प्रकाशन गर्दै याे एउटा स्पाम रहेकाे र याे लिङ्क नखाेल्न सबैलाई आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar