आदरणिय सम्पुर्ण अभिभावक ज्युहरु नमस्कार !
बच्चाहरुको सबैभन्दा पहिलो पाठशाला भनेको घर हो र अभिभावक नै पहिला टिचर हो। तसर्थ , जस्तो प्रकारको परिवारले स्कुलिङ दिएको हुन्छ त्यहि अनुसारको बच्चाले संस्कार निर्माण गरिरहेको हुन्छ। बच्चालाई हामीले घरमा के दिईरहेका छौं। अभिभावकले आफ्नो बच्चालाई बनाउनको लागि या संस्कार दिनको लागि कति समय खर्च गरिरहेका हुन्छौं त आज यो महत्त्वपूर्ण विषय बनिरहेको छ।
आदरणिय अभिभावक ज्युहरु हामी बच्चालाई सम्पति दिन मरिमेटिरहेका छौं या संस्कार दिनको लागि एक आपसमा सुक्ष्म रुपले मन गरौं न हुन्नरु हामिले असल संस्कार दिन सक्यौं भने उनिहरुले आफ्नो जिवनमा सम्पति भन्ने चिज स्वत कमाउन सक्छन् । यदि बच्चाको संस्कार राम्रो भईदिने भने जति सम्पति दिउँ त्यो सम्पति उनिहरुको लागि कमिनै रहन्छ । तसर्थ पहिलो भुमिका भनेको अफ्नो बाल बच्चा प्रति असल संस्कार दिनु हो।
जिवनमा कतिपय कुराहरू पढेर सिकिन्छ भने त्यो भन्दा धेरै कुराहरु व्यवहारमा परेर सिकिन्छ। त्यसैले अभिभावकको महत्त्वपूर्ण भुमिका भनेको आफ्ना बालबच्चालाई असल संस्कार दिनु र उनिहरुको भबिष्यप्रति ज्यादै सचेत बन्नुपर्छ भन्ने मेरो अनुरोध छ। जब म शिक्षण पेशाका लागि विभिन्न बिद्यालयमा प्रबेश गरें ।अनि महिले महिले यो पनि महशुस गरें कि कतिपय बालबच्चाको संस्कारिलो बानि लालायित हुने खालको देखिन्छ भने कतिपय बच्चाको सुधार गर्नुपर्ने जरुरत देखिन्छन् ।
हामीलाई थाहा छ हाम्रो शिक्षण संस्थामा कयैं घरपरिबाट अध्ययनको निम्ति बालबालिका बिद्यालय प्रबेश गर्नुहुन्छ , सबै बालबालिकाको आनिबानि , शिल स्वभाव व्यवहार एकै किसिमको या भनौ असल त हुन्ननि तै पनि हामिले कमिकमजोरि सुधारेर आफ्नो बच्चालाई यो देशको असल नागिरक बनाउने मात्रै सके पनि मुलुकले समृद्धिको बाटो पक्रिने थियो भन्ने हो । हाम्रा बाल बच्चाहरुमा केहि न केही या भनौं सद्गुण रहेको हुन्छ त्यो गुणलाई , त्यो कलालाई बाहिर निकाल्ने तर्फ या भनौ उनिहरुको प्रतिभालाई प्रस्फुटन गराउने तर्फ केन्द्रित हौं। किनभने गुणबिनाको बच्चा यो संसारमा हुँदैन ।
अभिभावक ज्युहरले म जस्तो छु मेरो बालबालिका त्यस्तै बन्नु पर्छ भन्ने चाहना नराखौं । उनिहरु हामी भन्दा फरक हुनसक्छन् तर केही न केही गुणले भरिपूर्ण हुन्छन भनी ठानेर छोराछोरिप्रति समान व्यवहार गरौं , समान रुपबाट प्रोत्साहित गरौं।
एक उदाहरण : एक दिन महिला अभिभावक आउनु भो उहाँले साथमा एकजना छोरा र छोरि लिएर आउनु भो र उहाँले भेट्न बित्तिकै भन्नू भो ‘कतै बच्चाहरुको लागि त्यस्तो कार्यक्रम छ केही त्यस्तो शिक्षा दिने ठाउँ छ ?’ अनि महिले थप प्रश्न गरें – किन त्यस्तो के हि छ र ? त्यसपछि उहाँले भन्नू भो – ‘यो मेरो छोरा एकदमै बदमास छ, तर यीनि छोरिको महिमा गरेर कहिल्यै सकिन्न यति शान्त छ’ , यति राम्रो छ उहाँले छोराकै अगाडि छोरा भने बदमाश छ र हामिले भनेको कहिल्यै मान्दैन उसलाई सम्झाउनु पर्यो भने छिमेकीलाई या दोस्रो व्यक्तिको साहारा लिनु पर्ने हुन्छ ।
अब भन्नू त त्यो बच्चाको मगजमा के असर पर्यो होला ? अब उसले यो सोच्दछ कि म यसै ठिक छैन उसै ठिक छैन महिले जति राम्रो हुन सके पनि बुबा आमाप्रति बिस्वास गर्ने वाला छैन भनी झनै बिग्रदै जान्छ उसलाई यो लाग्छ कि मेरो बुबाआमाको नजरमा मेरि बहिनी नै ठिक छिन्। हामिले २ सन्तानमा पनि बराबर पालन दिन सकिरहेका छैनौं। एकलाई माथि उठाइ व्यवहार गरिरहेका हुन्छौं ।
त्यसैले अभिभावकले गर्नु पर्ने महत्त्वपूर्ण कुरा एउटामामात्र केन्द्रित हुने भन्दा पनि दुबै प्रति समान मान्यता , समान अबसर र समान रुपबाट प्रोत्साहित गरौं दुबैको बिशेषतालाई देखाऔं यदि खालि अबगुण मात्र देखाउँदात उ गुणले भरिने वाला छैन। दोस्रो कुरा अभिभावकले आफ्ना सन्तानका लागि समय पनि दिनु पर्यो अहिलेको एकदम व्यस्त आमाबुबालाई हेर्दा दुबेै जना व्यस्त हुनुहुन्छ , घरमा एकजना बच्चाको जन्म हुन्छ त्यसपछि बुबा बिदेशमा जान थाल्नु हुन्छ कस्का लागि भन्दा अब यो छोरालाई राम्रा पढाइ दिनु पर्यो , राम्रो बोडिङ स्कुलमा पढाउनु पर्यो, होस्टेल राख्नु पर्यो भोलि उसले डाक्टर पढ्छु भन्छ होला खर्च पुर्याउनु पर्यो, भोलि उसलाई साधन चाहिएला मोटरसाईकल दिनुपर्ला, कार दिनु पर्ला कार होईन हामिले उसलाई संस्कार दिने हो संस्कार दिन तर्फ समय निकालौं।
अनि बच्चाको खुसि र उनिहरुसंग नजिकबाट घुमलमिल हुने समय कति दिन्छौं ख्याल गरौं । बच्चालाई सम्पत्ति भन्दा पनि समय दिनुपर्ने कुरा महत्त्वपूर्ण छ । तसर्थ परिवामा सन्तानका लागि समय निकालौं र समय संगै माया र ममता थप्दै जाऔं जसले गर्दा परिवारभित्रको सम्बन्ध मधुरता र एकता हुँदै जाने छ । बच्चालाई सहि ट्रयाकमा ल्याउन प्यारको जरुरत पर्दछ , प्रेममानै यो सारा संसारअडेको छ परिवारमा सन्तानका लागि प्रेम जुरुर चाहिन्छ ।
प्रेमका कारण जंगलको जंगली जनावरलाई त आफ्नो कब्जामा ल्याउन सक्छौं भने आफ्नो सन्तानलाई आफ्नो रचनालाई प्रेमको हतियारले , प्रेमको बन्धनले मजबुत बनाउन सक्छौं तर हामीले अत्यन्तै ध्यान दिनु पर्ने कुरा चाहिने भन्दा बढि प्यार दिन्छौं यति लुटाऔंछौं जुन चाहिने भन्दा बढि दिन्छौं जब बच्चा ठुलो हुन्छ त्यसपछि हामी प्यार गर्न छोड्छौं हामि केवल नियम मात्रै सिकाऔंछौ यस्तो नगरेस् , उस्तो नगरेस् , यसो गर्न हुँदैन उसो गर्न हुँदैन मात्रै भनिराख्छौं यदि बच्चालाई सानैदेखि हामिलेLaw र Love गरि दुबैलाई गरि राख्ने हो भने बच्चाले घरबा राम्रो कुरा सिक्ने छन् भन्ने मेरो बुझाई छ र अभिभावक ज्युहरुमा अनुरोध पनि छ धन्यवाद नमस्कार ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar