८ साउन,पर्सा – पर्सा प्रहरीले सीमावर्ती भारतीय बजार रक्सौलबाट अवैध रूपमा चाँदीका गरगहना ल्याउँदै गरेका एकजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा, वीरगंज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा, चाँदीका गरगहनासहित एकजनालाई भेटेपछी पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका – २ मेघरा घर भई चितवनको खैरहनी नगरपालिका–२ मा श्रीया ज्वैलर्स सञ्चालन गर्दै आएका ४२ वर्षीय अंगत साह रहेका छन् । साहले बोकेको कालो ब्यागमा चाँदीका ५ किलो ३३४ ग्राम को तयारी अवस्थाको विभिन्न गरगहना बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
चाँदी गरगहनासहित साहलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको समेत प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar