५ साउन,धादिङ – नेकपा एमाले पोलिटव्युरो सदस्य तथा प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले फेरी कम्युनिष्ट पार्टीहरुवीच एकता हुने बताएका छन् ।
सोमबार साँझ सदरमुकाम धादिङबेसीमा एमालेका जिल्ला स्तरिय नेता तथा कार्यकर्ताहरुसंगको भेटघाटका क्रममा नेता पाण्डेले फेरी कम्युनिष्ट पार्टीहरुवीच एकता हुने भन्दै कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गरेका हुन् । नेता पाण्डेले सर्वोच्चको फैसला सँगै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए सँगै दम्भ, घमण्ड र भस्माशूर ढलेकोसमेत बताए ।
त्यस्तै उनले अब एमाले पनि देउवा सरकारमा जानसक्ने बताए । कार्यक्रममा सांसद पाण्डेले ओली प्रवृत्ति ढलेपछि संविधान बचेको भन्दै अब ओलीहरु सत्ताबाहिर रहेपनि एमाले देउवा गठबन्धन सरकारमा जाने बताएका थिए ।
पाण्डेले निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अझै पश्चाताप र घमण्डबाट मुक्त नभए ओलीलाई छाडेर राष्ट्रियताको रक्षा, स्वाधिन नेपाल निर्माण जनजीविका, भ्रस्टाचार नियन्त्रण गर्दै आर्थिक संमृद्धिको लागि सबै कम्युनिष्टहरुको एउटा नयाँ अर्को पार्टी उदय हुने समेत बताए ।
नेता पाण्डे ज्वालामुखीमा स्व. सुभद्रादेवी अर्यालको १३ औँ दिनको श्रद्धाञ्जली सभामा सहभागी भएर फर्कने क्रममा सदरमुकाम धादिङबेसीमा कार्यकर्ताहरुलाई भेट्दै नेता पाण्डेले कार्यकर्तालाई एमाले नसिद्धिने बरु थप सशक्त एबम् बलियो क्रान्तिकारी पार्टी बन्ने बताएका थिए ।
फोटो शालिकराम दुवाडीको फेसबुकबाट साभार ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar