४ साउन,काठमाण्डौ – नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरण मागेको छ ।
आज सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा पार्टी निर्देशनविपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिने निर्णय भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
हिजो आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता नेपालसहितका २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar