२ साउन,काठमाण्डौ – स्वास्थ्य मन्त्रालयले देशभरका सबै खोपकेन्द्रबाट खोप लगाउने तयारी सुरु गरेको छ ।
खोप केन्द्रहरुमा कोरोना विरुद्धको खोप लगाउनेहरुको भीड भएपछि मन्त्रालयले खोप केन्द्र सञ्चालन भएका देशभरका ३ सय भन्दा बढी अस्पताल तथा खोपकेन्द्रहरुमा जनशक्ति व्यवस्थापन गर्न सम्वन्धित निकायलाई निर्देशन दिँदै सबै केन्द्रबाट खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
कोरोना खोप तोकिएका खोप केन्द्रबाट मात्रै लगाउने व्यवस्था थियो तर अब सबै खोप केन्द्रबाट खोप लगाउन पाइने भएको छ । साथै मन्त्रालयले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिने योजना भइरहेकाले पालो अनुसार खोप लगाउन आग्रह गर्दै खोप केन्द्रहरुमा भीड नगरिदिन सर्वसाधरणलाई आग्रहसमेत गरेको छ ।
७७ वटा जिल्लामा ३००भन्दा बढी खोप केन्द्र रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्रहरुमा भीड बढेको भन्दै थप खोप केन्द्रको व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar