३१ असार,बझाङ – बझाङको बुङ्गल नगरपालिकामा वडा सचिव वपिन्द्र महतोको कोठाबाटै ३९ लाख रकम गायव भएको छ ।
बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिव महतोको कोठाबाट हराएको हो । सचिव महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति हराएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएको र पैसा पनि त्यहीँबाट गायब भएको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा उक्त रकम सचिवले चोरी भएको भनिए पनि कोठामा तोडफोडलगायत कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीयवासी खड्क बोहराले बताए । अहिले वडा सचिव महतोसहित घरमालिकलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अस्थायी प्रहरी चौकी पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीको बताए ।
उक्त घरमा सचिवलगायत दुई जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बताइएको छ । करिब २१ लाख ९१ हजार रुपैयाँ वितरण गरिसकिएको र ३९ लाख रुपैयाँ वितरण गर्नका लागि राखिएको जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar