३१ असार,काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको जानकारी दिए । उनको अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले आजका लागी बोलाएको पार्टी पदाधिकारी बैठकसमेत स्थगित गराएका छन् । आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar