३० असार,काठमाण्डौ – अघिल्लो (केपी ओली) सरकारले बढाएको भाडा आजदेखि लागू भएको छ ।
बुधबार यातायात व्यवस्था विभागले सूचना जारी गरी यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाएको जानकारी दिएको हो । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २० प्रतिशत बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि गरिएको छ ।
सूचनामा भनिएको छ‚ ‘विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको सर्वविदितै छ ।’ भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।
२०७५ असोज ७ गतेसमेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकाले वैज्ञानिक भाडादर लागू हुन सकेको थिएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar