एजेन्सी – पाकिस्तानमा बम विस्फोटमा परि ६ जना चिनियाँ नागरिक सहित १० जनाको मृत्यु भएको छ ।
बुधबार, पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुख्वा प्रान्तमा ३० जना चिनियाँ ईन्जिनियरहरु सवार बसमा विस्फोट हुदा १० जनाको ज्यान गएको हो । विस्फोट सडक छेउमा राखिएको कुनै उपकरणका कारण भएको वा बसमा नै विस्फोट गराईएको भन्ने बारे अनुसन्धान भैरहेको अधिकारीहरुले जानकारी दिएका छन ।
विस्फोटमा परी अरु ३९ जना घाइते भएका छन् भने एक चिनिया ईन्जिनियर र एक सैनिक हराईरहेका छन् । घाइते अधिकांसको अवस्था गम्भीर रहेको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।
डासु ड्याम क्षेत्रमा जान हिँडेको बसलाई लक्षित गरि अज्ञात बन्दुकधारीहरुले हमला गरेका हुन् । घाइतेहरुलाई सुरक्षाकर्मीहरुले नजिकैको अस्पतालमा पुयाएका छन् । अहिलेसम्म हमलाको कारण खुल्न सकेको छैन् भने हमलाबो अनुसन्धान जारी रहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar