३० असार,काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
बुधबार दिँउसो बरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमबिच भेटबार्ता भएको हो । भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछिको विकसित राजनीतिक घटनाक्रम तथा पार्टी एकताका लागि कार्यदलले गरेके १० बुँदे सहमतिका विषयमा कुराकानी भएको बताईएको छ ।
कार्यादलमा भएको १० बुँदे सहमति स्थायी कमिटी बैठकअघि ओली र नेपालले त्यसमा सहमति जनाएर बैठकमार्फत अनुमोदन गर्ने तयारी भइरहँदा गौतमले नेपाललाई भेटेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओली, नेपाल-खनाल समूहसँग अझ रुष्ट छन् ।
ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनमा पनि नेपालको आलोचना गरेका थिए । नेपाल-खनाल पक्ष पनि बैठकमा जाने नजानेबारे अझै निर्णयमा पुगिनसकेका बेला गौतमले बैठकमा आउन आग्रह गरेको जनाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar