३० असार,काठमाण्डौ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई आत्मालोचना गर्ने ठाँउपनि नदिने बताएका छन् ।
बुधबार,प्रधानमन्त्री पदबाट अपदस्त भएपछि बालुवाटारबाट निजी निवास बालकोट फर्किएका ओलीले आक्रोशित् हुँदै बरिष्ठ नेता नेपाललाई पार्टी भित्र र बाहिर आत्मालोचना गर्ने ठाँउपनि नदिने बताएका हुन् । त्यस्तै ओलीले एमालेमा माधव नेपालको लागि ठाउँ नरहेकोसमेत बताए। ओलीले नेकपा एमालेमा माधवकुमार नेपालले आत्मालोचना समेत गर्ने कुनै स्थान नभएको बताएका हुन् ।
माधवकुमार नेपाल समूहसँग एकताको वार्ता अन्तिम चरणमा पुगेको भन्दै एमाले नेताहरुले दाबी गरिरहँदा ओली नेपालविरुद्ध झनै आक्रामक भएका हुन् । मंगलवारको विदाई सम्बोधनमा पनि ओलीले नेपाललाई अराजकताको संज्ञा दिएका थिए । बुधवार बालकोटमा पुगेपछि ओलीले भने, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेहरु । पार्टीमा माधव नेपालको हकमा अत्मालोचन गर्ने कुनै ठाउँ छैन र ठाँउ दिन्न।’
बालकोट पुगेका ओलीलाई ओली निकटका युवा संघ र एमालेका अन्य भातृ संगठनहरुले अभिनन्दन गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar