२९ असार,काठमाण्डौ – महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त हुने भएकाले महान्यायाधिवक्ताले राजीनामा दिएका हुन् ।
बडालले मंगलबार प्रधानमन्त्री ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लिखित राजीनामा दिएका हुन् । पदबाट राजीनामा दिएसँगै महान्यायाधिवक्ताको कार्यालयले बडालको बिदाई कार्यक्रम राखेको छ । महान्यायाधिवक्ता कार्यालयका सूचना अधिकारी गोकुलबहादुर निरौलाले महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएको जानकारी दिए ।
बडाललाई २०७७ चैत ६ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । उनले चैत ८ गते पदबहाली गरेका थिए । अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्त गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar